भारोत्तोलन टिमका मुख्य प्रशिक्षक जोशीको निधन
काठमाडौं, ११ असार । नेपाली भारोत्तोलन टिमका मुख्य प्रशिक्षक तथा नेपाल ओलम्पियन संघका अध्यक्ष सुनिललाल जोशीको निधन भएको छ । दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढि पदक जित्ने जोशीको गत साता हद्यघातका कारण गंगालाल अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य लाभ गरेर पुनः घर फर्किएका ५२ वर्षीय जोशीको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
जोशीले पहिलोदेखि सातौ दक्षिण एसियाली खेलकुद (साग) मा गरि कूल १५ पदक जितेका थिए । उनी साग गेममा सर्वाधिक पदक जित्ने नेपाली खेलाडी हुन् । आफ्नो खेल जीवनमा नेपालकै बलियो व्यक्तिको उपमा पाएका जोशीले साफ गेममा ६ रजत र ९ कास्य जितेका थिए ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दशरथ रंगशाला ल्याइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४