अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुने

भक्तपुर न्यूज

९ असार २०७४ ११:३२

अमेरिकामा आदिवासी चलचित्र महोत्सव हुने

काठमाडौं, ९ असार । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव आयोजना गर्दै छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको चलचित्र महोत्सव आगामी अगष्ट ११ देखि १३ तारिखसम्म चल्ने छ । फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईट्समा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक एवं फिप्नाका बरिष्ठ उपाध्यक्ष मणि वाङ्देलले महोत्सवको तयारीका बारेमा जानकारी दिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *