खेलकुदको विकासमा सरकार उदासिन : बोस

भक्तपुर न्यूज

९ असार २०७४ ९:५३

खेलकुदको विकासमा सरकार उदासिन :  बोस

भक्तपुर ९ असार । नेपाल भारोत्तोलन संघका अध्यक्ष समेत रहेका थ्रि स्टार फुटबल क्लबका टीम मेनेजर राम श्रेष्ठ (राम बोस) ले पछिल्लो समय खेलकुदले धेरै फड्को मारेको बताएका छन् । उनले अहिले खेलकुदमा खेलाडी बाँच्ने आधार बनेपछि खेलकप्रतिको युवाहरुको आकषर्ण बढ्दै जाँदा खेलकुदले फड्को मारेको बताए ।

अहिले नेपालमा सबै खेलमा खेलाडीको आकर्षण बढेको उनको दाबी छ । तरपनि खेलकुदका लागि प्रयाप्त खेलमैदान नहुँदा खेलाडीहरुले सास्ती पाईरहेको उनले बताए । यसमा सरकारले पनि खासै ध्यान दिन नसकेको उनी गुनासो गर्छन् ।

खेलमैदान र उचित बजेटको व्यवस्थापन गरी समस्या समाधान तर्फ नभएर सरकार खेलाडीको मनोबल बृद्धिका लागि उदासिन भैरहेको उनको आरोप छ । नेपालको राजनीतिले खेल क्षेत्रपनि अछुतो नभएको भन्दै उनले पहिलेको तुलनामा अहिले अलि कम राजनीतिक हस्तक्षेप देखिएको जानकारी दिए ।

अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि नातावाद, कृपावाद र दयावादले सताएकै छ उनले भने समग्र खेलको विकास र गुणस्तरीय खेलाडी उत्पादनका लागि यस्तो प्रबृत्तिको अन्त्य हुनुपर्छ ।

यस्तै, सबै खेलका खेलाडीलाई सहजताका लागि खेल मैदान निर्माण, प्रशिक्षक उपलब्धता, गराउन सरकारले खुल्ला दि देखाएको अबस्थामा खेलकुदको समग्र विकास हुने उनी बताउँछन् । सरकारले खेल क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको अबस्थामा देशको शिर उच्च राख्ने काममा खेलकुद क्षेत्रबाट पनि टेवा पुग्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *