सिवाः सायमि खलःमा नयाँ नेतृत्व

भक्तपुर न्यूज

९ असार २०७४ ५:३७

सिवाः सायमि खलःमा नयाँ नेतृत्व

। केके मानन्धर ।
भक्तपुर, ९ असार । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको मध्यपुर थिमिको सिवाः सायमि खलःले नयाँ नेतृत्व पाएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त अष्टरत्न मानन्धरको नेतृत्वमा २५ सदस्यीय नयाँ पुर्नगठिन कार्यसमिति बनाएको हो ।
नयाँ कार्यसमितिमा एक जना अध्यक्ष, २ उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा अन्य बाँकीलाई सदस्य बनाएको हो ।
नगरको मध्यभागमा अवस्थित दुईपोखरीमा बसेको भेलाले यस अघि विभिन्न क्षेत्रलाई नेतृत्व गर्ने खलःका पूर्व अध्यक्ष न्हुछेरत्न मानन्धर, गंगालाल मानन्धरलाई सल्लाहकार नियुक्त गरेको छ ।
समावेशी ढंगले महिलाहरुको सहभागितालाई समेत मध्यनजर गरी पुर्नगठन गरिएको कार्यसमितिमा सचिवालय तथा विभिन्न विभाग छुट्याइने भएको छ ।
विशेषगरी संस्कृति, शिक्षा, खेलकुद तथा अन्य आवश्यक क्षेत्रमा चुष्ट दुरुष्ट कार्य सम्पादन गर्न सम्बन्धित विभाग बनाएर अघि बढन लागेको नवनिर्वाचित अध्यक्ष मानन्धरले बताए । “लोपोन्मुख नौ बाजा देखि संरक्षणको पर्खाइमा रहेका अन्य मौलिक बाजा प्रबद्र्धन गर्नु हाम्रो दायित्व हो, त्यसैले पनि सम्बन्धित विभाग बनाएर खलः सन्चालन गर्नु आवश्यक छ ।” नवनिर्वाचित मानन्धरको भनाई छ ।
मध्यपुर थिमिमा यो वर्ष इन्द्रजात्राको अवसरमा जिब्रो छेड्ने जात्रा पुनःसञ्चालन हुने भएकाले पनि सोही जात्राको लागि आवश्यक हुने आकास बत्तीको व्यवस्थापनको लागि संस्कृति विभागले काम गर्नेछ, पुर्नगठन भेला पश्चात उनले जानकारी गराए ।
त्यस्तै, शिक्षा तथा खेलकुद क्षेत्रलाई विकास गर्न पनि खलःको सम्बन्धित विभागले अग्रनी भूमिका निर्वाह गर्ने नवनिर्वाचित मानन्धरले जनाएका छन् ।
स्मरणीय छ, सिवाः सायमि खलः केन्द्रीय मानन्धर संघ अन्तर्गतको संस्थाको रुपमा रहेको छ भने विगतमा केन्द्रले आयोजना गरेको नौ बाजा, धिमे बाजा, खेलकुद तथा अन्य विधागत प्रतिस्पर्धा जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *