अष्ट्रेलिया-क्यामरुन र चिली-जर्मनी बराबरी
एजेन्सी, ९ असार । फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुनबिचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अष्ट्रेलियाले ६० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो ।
समूह ‘बि’ मा भएको अर्काे खेल चिली र जर्मनीबिच भएको खेल पनि बराबरीमा सकिएको छ । सुरुवाति अग्रता लिए पनि चिलीले त्यसलाई जोगाउन सकेन । छैटौ मिनेटमै गोल खाँदै पछि परेको जर्मनीले ४१ औँ मिनेटमा गोल फर्काएर खेल बराबरी गरेको हो ।
समूह ‘बि’ मा ४ अंकसहित चिलि शीर्ष स्थानमा छ । समान ४ अंक नै रहेको जर्मनी दोस्रोमा एक एक अंक रहेको अष्ट्रेलिया तेस्रोमा र क्यामरुन चौथोमा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५