प्रधानमन्त्रीसमक्ष सङ्गठनको माग प्रस्तुत

भक्तपुर न्यूज

८ असार २०७४ ६:३८

प्रधानमन्त्रीसमक्ष सङ्गठनको माग प्रस्तुत

काठमाडौं, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्ने लगायतका माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन काठमाडौं, नेपाल निजामती कर्मचारी युनियन सङ्घ काठमाडौं र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती काठमाडौंलगायतका सङ्घ÷सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने समेत माग गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनमा सरकार वा मन्त्रीभन्दा पनि सरकारी कर्मचारीको मुख्य भूमिका भएको हुुँदा जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले कर्मचारीले राखेका जायज मागलाई आफूले सम्बोधन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *