गोलाप्रथाबाट क–कसले पाए ट्याक्सी नम्बर

भक्तपुर न्यूज

८ असार २०७४ ६:०६

गोलाप्रथाबाट क–कसले पाए ट्याक्सी नम्बर

काठमाडौँ, ८ असार । सरकारले भूकम्प अति प्रभावित १४ जिल्लामध्ये हिजो नुवाकोटका १२५, काभ्रेपलाञ्चोकका २०१ र रामेछापका १६५ गरि ४ सय ९१ जनालाई गोलाप्रथा गरेर ट्याक्सी नम्बर दिएको छ ।
त्यस्तै आज दोलखाका २१४, सिन्धुपाल्चोकका २५३ र सिन्धुलीका ४६ गरि ५१३ जनालाई ट्याक्सी नम्बर दिन गोलाप्रथा गर्न लागेको हो । यसैगरी भोलि काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका ४९६ जनालाई प्रदान गरिने छ ।
सरकारले १५ सय जनालाई ट्याक्सी नम्बर उपलब्ध गराउन निवेदन मागेको थियो । तर १ लाख ४९ हजार ५ सय ५१ जनाले निवेदन दिएपछि गोलाप्रथाबाट नम्बर उपलब्ध गराउन लागिएको हो । विभागले नम्बर दिएपछि विजेता आफैले ट्याक्सी किन्नुपर्ने र भन्सार लगायतमा कुनै छुट नभएको विभागले स्पष्ट पारेको छ ।

काभ्रे जिल्लाबाट ट्याक्सी नम्वर पाउने

नुवाकोट जिल्लाबाट ट्याक्सी नम्वर पाउने

रामेछाप जिल्लाबाट ट्याक्सी नम्वर पाउने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *