आज बर्षकै लामो दिन

भक्तपुर न्यूज

७ असार २०७४ ८:५४

आज बर्षकै लामो दिन

काठमाडौं, ७ असार । आज असार ७ गते बुधबार अर्थात् अंग्रेजी महिनाको २१ जुन । ज्योतिष शास्त्रको ग्रहगती अनुसार आजको दिन पृथ्वीको दक्षिणी गोलार्ध्दमा दिन छोटो र उत्तरी गोलार्ध्दमा दिन लामो हुन्छ ।

उत्तरी गोलार्ध्दमा पर्ने नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । ज्योतिष पण्डित जनार्दन निरौलाका अनुसार, ज्योतिष शास्त्रको ग्रह गती अनुसार आज दिन लामो हुन्छ । भोली बिहीबारदेखि दिन छोटो र रात लामो हुँदै जानेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुनेगर्छ ।

चैत ७ र असोज ७ गते भने दिन र रात बराबर हुन्छन्। त्यस दिनलार्इ वसन्त सम्पात् र शरद् सम्पादन भनिन्छ। बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएपनि ब्यवहारमा आउँदो साउन १ बाट मात्र सूर्य दक्षिणतिर लाग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *