युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते

भक्तपुर न्यूज

७ असार २०७४ ७:४७

युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते

ललितपुर, ७ असार । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोकमा नजिकै युवतीको दुई समूहबिच ग्याङ फाइट परेको छ ।
ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोक नजिकमा भएको युवतीहरुबीचको फाइटमा छुरा हानाहान हुँदा एकजना घाइते भएका छन् ।
घाइते हुनेमा काभ्रेकी १७ वर्षिया कोपिला गिरी रहेको प्रहरीले जनाएको छ । गिरीलाई पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले आक्रमण गरेका हुन् ।
गम्भीर घाइते भएकी गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न ४ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
के कति कारणले ग्याङ फाइट भएको भन्ने बारे यकिन भइनसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवतीको बयान अनुसार फेसबुकमा अश्लिल शब्द प्रयोग गरेर गाली गरेकाले यस्तो घटना हुन पुगेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *