घुस लिँदा लिँदै इन्जिनियर पक्राउ

भक्तपुर न्यूज

६ असार २०७४ १०:०२

घुस लिँदा लिँदै इन्जिनियर पक्राउ

पाँचथर, ६ असार । जिल्ला शिक्षा कार्यालय पाँचथरका सब इन्जिनियर मनोजकुमार यादव एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गर्दाको अभियोगमा पक्राउ परेका छन् ।
कार्यालय खुलेपछि घुस लिँदै गर्दा करारमा रहेका यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । यादवले साबिक माङ्जाबुङ– १ स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेकोे आरोप लगाइएको छ ।
विसं २०७० देखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको बताइएको छ । इन्जिनियर यादवलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *