बस र ट्रक एकापसमा ठोकिँदा बस चालकको मृत्यु

भक्तपुर न्यूज

६ असार २०७४ ६:३५

बस र ट्रक एकापसमा ठोकिँदा बस चालकको मृत्यु

कपिलवस्तु, ६ असार । कपिलवस्तुको बाणगंगा नगरपालिका ८, चप्परगाउँमा आज बिहान बस र ट्रक एकापसमा ठोकिँदा बस चालकको घटनास्थलमै मृत्यु भएको छ। अरु १४ जना घाइते भएका छन् ।
काठमाडौंबाट नेपालगन्‍ज जाँदै गरेको ना ५ ख ७४९० नम्बरको बस र विपरीत दिशाबाट आएको लु १ ख ७६६९ नम्बरको ट्रक आपसमा ठोकिएर बाँके जिल्ला पटनापुर २ का बर्ष २६ का धनबहादुर पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले र उनीहरुको अहिले बुटवलस्थित मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनामा बर्दियाका ४० वर्षीय सन्तोष शर्मा, बांके नेपालगंज उपमहानगरपालिका ८ बस्ने २८ वर्षीय नितु थापा क्षेत्री, धादिङ जिल्ला धादिङ नगरपालिका ८ बस्ने २८ वर्षीय प्रेम बहादुर गुरुङ, सोही ठाउँका ३४ वर्षीय पूर्ण बहादुर गुरुङ, प्युठान जिल्ला प्युठान नगरपालिका ४ घर भइ अंचल प्रहरी कार्यालय जुम्लामा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार दिनेश शाह र जुम्ला जिल्ला चन्दननाथ नगरपालिका ६ बस्ने ३५ वर्षीय नरेन्द्रनाथ योगी रहेका छन् । दुर्घटनामा ट्रक चालक बाँके जिल्ला राजापुर नगरपालिका ८ बस्ने श्याम चौधरी रहेको प्रहरीले जनाएको छ । घाइते अन्यलाई बुटवलस्थित लुम्बिनी अंचल अस्पतालमा उपचारपछि घर फर्काइएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *