‘प्रेम गीत २’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)
काठमाडौं ५ असार । ‘प्रेम गीत २’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। नेपालका पर्यटकिय स्थल रारा लगायत म्यान्मार र थाइल्याण्डमा खिचिएको फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो। आशुँसेन फिल्म प्रोडक्सनले काठमाडौंमा कार्यक्रम गरी फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। प्रेम कथामा आधारित फिल्ममा अश्लेशा ठकुरीले डेब्यु गरेकी छिन्।
नायकको रुपमा प्रदीप खड्काले नै निरन्तरता पाएका छन्। खड्काले प्रेम गीत फिल्ममा पनि मुख्य भुमिकामा अभिनय गरेका थिए। फिल्ममा श्रद्धा प्रसाईँको पनि अभिनय छ। २ वर्षअघि निर्माता सन्तोष सेनले बनाएको फिल्म प्रेम गीत सफल भएपछि उनले त्यसकै सिक्वेल प्रेम गीत २ बनाएका हुन्। फिल्ममा निर्माता सेनलाई खलनायकको भूमिकामा देख्न सकिन्छ। रामशरण पाठकले निर्देशन गरेको फिल्म आगामी साउन १३ गतेबाट रिलिज हुदैँछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
