प्रधानन्यायाधिश सिफारिसमा ओलीले उठाए विवाद

भक्तपुर न्यूज

५ असार २०७४ ७:३५

प्रधानन्यायाधिश सिफारिसमा ओलीले उठाए विवाद

काठमाडौं ५ असार । संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरेता पनि विपक्षी दलका नेताले अध्ययनका लागि समय माग गरेपछि प्रधानन्यायाधीश सिफारिस हुन सकेन ।

न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफासिर गरेकोमा पराजुली सबैभन्दा बरिष्ठ भएता पनि पराजुलीको नाममा विपक्षी दलका नेता केपी शर्मा ओलीले अध्ययन गर्नुपर्ने समय माग गरेपछि कुनै निर्णय हुन नसक्दा सहमति जुट्न सकेको छैन । स्रोतका अनुसार ओलीले पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद रहेको भन्दै त्यसलाई पहिले टुंगाउनु पर्ने बताए ।

विपक्ष दलका नेताले समय माग गरेकाले प्रधानन्यायाधीश सिफारिसको निर्णय लिन नसकिएको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । वैधानिक परिषद्को अर्को बैठक असार १५ गते राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *