बल्दैनन् उपत्यकामा रहेका ट्राफिक बत्तीहरु, कहिले जाला सरकारको ध्यान
एकातर्फ सडक व्यवस्थापनको अप्ठेरो अर्कोतर्फ सडकमा सवारी साधन आवागमनमा सहजताका लागि राखिएको ट्राफिक बत्तीले काम नगर्दा परेको अप्ठेरो । सवारी आवागमन सहजताका लागि राखिएका उपत्यकाभित्रका ट्राफिक बत्तीले काम नगरे पछि सवारी ब्यवस्थापनमा जटिलता थपिएको छ । उपत्यकाका २० स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ त्यसमा हाल १७ स्थानका बत्ती हेर्नलाई मात्र बाँकि रहेका र तिनको उपयोग हुन नसक्दा समेत सरोकारवालारुको ध्यान जान नसकेको सवारी चालकका साथै सडक यात्रुहरुको रहेको छ ।
सरकारी विवरण अनुसार उपत्यकामा १५ वर्षअघिदेखि नै ट्राफिक बत्तीमार्फत सवारी र पैदल यात्रु व्यवस्थापनसँग बत्ती जडान गरिएका थिए । उपत्यकाभित्र सवारी व्यवस्थापनका लागि थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, जडीबुटी, केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पदमोदय मोड, गौशाला, कालीमाटीलगायत मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिएता पनि हाल यी कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम गर्दैनन् । समयको पविर्तनसँग यी बत्तीलाई ब्यवस्थित र अत्याधुनिकतातर्फ लान नसक्नु र त्यसमा पनि बत्तीले काम नगर्दा सडक दुर्घटना बढाइरहेको एक सर्बेक्षणले देखाएको छ ।
प्रबिधिको प्रयोगलाई ब्यवहारमा उर्तान नसक्नु र सडक बिस्तारको पहुँचमा ब्यापक फेरबदल हुँदा समेत सडक बत्तीको बिस्तार भन्दा पनि भएका सडक बत्तीलाई समेत उपयोग गर्न नसक्दा ट्राफिक प्रहरी अझैं सडकको माँझमा बसेर धुँवा र धुलोमाँझ इशारा गर्नु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । करिब १० वर्षअघि बानेश्वर, माइतिघर, थापाथली, सिंहदरबार, पुतलीसडक, केशरमहल, गौशालालगायत क्षेत्रमा ट्राफिक बत्तीले नै सवारी र पैदल यात्रुको व्यवस्थापन गर्थे तर हाल उक्त स्थानमा बत्तीले काम नगर्दा ब्यापक मात्रमा ट्राफिक प्रहरीको परिचालन गरि अस्त ब्यस्त सडकको ब्यवस्थापन गरिरहेका अवस्था सहजै सबैले देख्न सकिन्छ । यसरी ब्यापक मात्रमा ट्राफिक परिचालन गर्नु कारण भने उक्त सडक क्षेत्रमा अत्याधिक मात्रमा सडक दुर्घटना हुने गरेकाले हो ।
त्यस्तै सडक बत्तीको प्रभावकारी हुन नसक्दा सबैभन्दा बढी अप्ठेरा सडक यात्रुलाई पर्ने गरेको छ भने सडक वार पार गर्दा सवारी साधनको सिकार समेत बन्नु पर्ने अवस्था बढ्दै गएको देखिन्छ । पैदल यात्रुलाई सडक पार गर्न सहज हुने गरी राखिएका पुरानो बसपार्क, त्रिचन्द्र, सुन्धारा, भोटेबहाल, कालीमाटी, शंकरदेव, सिंहदरबार, जाउलाखेललगायत स्थानमा रहेका ट्राफिक बत्तीको बिग्रेको बर्षौ हुँदा समेत सरोकारवालाहरुको ध्यान यता तर्फ जान सकेको देखिँदैन ।
कोटेश्वरदेखि भक्तपुरको सूर्यबिनायकसम्मको छ लेन सडक खण्ड कौशलटार, गठ्ठाघर र सल्लाघारीका ट्राफिक बत्तीले समेत बेलामौकामा काम नगर्ने ट्राफिक प्रहरीहरु बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामा भन्छन्, उपत्यका भित्रको सवारी ब्यवस्थापन सबैका लागि टाउको दुखाईको बिषय हो यसका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको छ । यसरी सवारी बत्तीको ब्यवस्थापन नहुँदा र आवश्यक बिभिन्न सडकमा ट्राफिक बत्तीको जडान गर्न नसक्दा ट्राफिक प्रहरीको जनशत्ति खेर गईरहेको छ भने बत्तिले गर्ने काम उनीहरुले इशाराले गर्नु पर्ने बाध्यता रहेको छ । प्रबिधिको सही सदुपयोग गर्न नसक्दा उपत्यकाभित्रको सडकमा दुर्घटना बढ्नुका साथै सडक बत्तीको अभावका कारण बढी भन्दा बढी ट्राफिक प्रहरी सडकमा परिचालित गर्नु पर्ने बाध्यता रहेको उनी बताउँछन् ।
त्यस्तै, उपत्यकाभित्रका सवारी चालक र सडक यात्रुहरुको गुनासो रहेको छ दशर्कौ सम्म कति सरकार परिवर्तन भए रु कतिले सत्ता समालेर नीति परिवर्तन गराए तर उपत्यकाभित्र जडान गरिएका सडक बत्तीको न मर्मत नै भयो न त नयाँ परिवर्तन । उनीहरु भन्छन्, उपत्यकाभित्रको सडकमा सक्नेलाई चैन भएकै कारण र ठूला बडाका सवारी साधनलाई सडक बत्तीको उपयोग गर्नु नपर्ने भएकाले समेत सरकारको ध्यान यता तर्फ जान नसकेको हो ।