अर्को पानी जहाजसँग ठोकिँदा अमेरिकी नौसेनाको पानी जहाजका सात सदस्य बेपत्ता
एजेन्सी, ३ असार । अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा चालक दलका सात सदस्य हराएका छन् । घटनामा तीनजना घाइते भएका छन् । उनीहरुलाई योकोसुकाको अस्पताल लगिएको छ ।
अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा ठोक्किएको हो ।
योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको छ । दुर्घटनाग्रस्त १५४ मिटर लामो नौसेनाको पानी जहाज योकोसुका तर्फ आउँदै गरेको छ । तर त्यसमा इन्धनको कमि रहेको सिएनएनले जनाएको छ । दुर्घटनामा हराएका सातजनाको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४