मनिषा वाग्मती सफाइ सद्भावना दूत

भक्तपुर न्यूज

२ असार २०७४ ८:५०

मनिषा वाग्मती सफाइ सद्भावना दूत

काठमाडौ २ असार ।  वाग्मती सफाइ महाअभियान सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत भएकी छन्। सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको सफाइ अभियानकर्मी उमेश बोहराले बताए । कोइराला यही असार ३ गते सञ्चालन हुने २१४औँ हप्ताको सफाइ कार्यक्रमदेखि सहभागी हुने महाअभियानले जनाएको छ ।

नायिका कोइरालालाई सद्भावना दूतको प्रस्ताव पूर्वसहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राखेका थिए । आगामी शनिबारको सफाइ त्रिपुरेश्वरमा हुने भनिएकामा थापाथली पुलमा गरिने भएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि हप्तामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ । यहाँबाट प्रभावित भएर हाल देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको महाअभियानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *