बुद्ध एयरको विमान भर्‍याङमा ठोक्कियो

भक्तपुर न्यूज

१ असार २०७४ ११:४२

बुद्ध एयरको विमान भर्‍याङमा ठोक्कियो

काठमाडौं, १ जेठ । पोखराबाट काठमाडौं आएको बुद्ध एयर विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । बिहीबार मध्यान्ह ९ एन एआईएन कल साइन भएको बुद्ध एयरको विमान पार्किङ(वेमा राखिएको भर्‍याङमा ठोक्किएको हो ।

विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको भर्‍याङमा ठोकिएपनि ठूलो क्षति हुन पाएन । तर, विमानको इन्धन ट्यांकीमा क्षति पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

यात्रुहरुले पनि दाहिने पँखेटा ठोकिएको बताएका छन् । विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो नगागेकाले ठूलो दुर्घटना हुन नपाएको विमानस्थलले बताएको छ । बुद्ध एयर स्रोतले पनि विमानस्थलको लापरवाहीले घटना भएको भन्दै विमानमा समान्य मात्रै क्षति भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *