आज एक सयले घट्यो सुनको भाउ
काठमाडौं, १ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
