आज एक सयले घट्यो सुनको भाउ

भक्तपुर न्यूज

१ असार २०७४ ९:०७

आज एक सयले घट्यो सुनको भाउ

काठमाडौं, १ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *