मोगादिसुको रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु

भक्तपुर न्यूज

१ असार २०७४ ९:०१

मोगादिसुको रेष्टुरेन्टमा भएको आक्रमणमा १८ को मृत्यु

एजेन्सी, १ असार । सोमालियाको राजधानी मोगादिसुमा आज बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रालयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन् ।
एकाबिहाने भएको सो आक्रमणबाट १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका अरबले जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार हिजो साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।
रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *