जिप दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
बैतडी, १ असार । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
बैतडीको सुल्यखानबाट कुस्माघाटका लागि छुटेको से १ त ११५८ नंबरको जीप सडकबाट खस्दा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक कैलालीका शिवराज चौधरी र बैतडीको शिवनाथ गाउँपालिकाका लालसिंह महता रहेका छन् । यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट्ट रहेका छन् । घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
गुडिरहेको बेलामा टायर पञ्चर हुँदा जीप पल्टिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
