इंग्ल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

भक्तपुर न्यूज

१ असार २०७४ ५:०६

इंग्ल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

एजेन्सी, १ असार । इंग्ल्याण्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ । गएराति पहिलो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।
२ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका अजहर अलीले ७६ र फखर जमानले ५७ रन बनाए । यस्तै बाबर आजमले नटआउट ३८ तथा मोहम्मद हाफिजले नटआउट ३१ रन बनाए ।
पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड २ सय ११ रनमा अलआउट भएको थियो । पाकिस्तानका हसन अलीले तीन विकेट लिएको खेलमा इंग्ल्याण्डका जोए रुटले सबैभन्दा धेरै ४६ रन बनाए ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा आज भारत र बंगलादेशबीच दिउँसो सवा ३ बजे हुने हुनेछ । खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *