दैलेखमा बस दुर्घटना हुँदा १० को मृत्यु

भक्तपुर न्यूज

३१ जेठ २०७४ ११:०९

दैलेखमा बस दुर्घटना हुँदा १० को मृत्यु

दैलेख, ३१ जेठ । दैलेखको आठबिस नगरपालिका – ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा बस खस्दा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा अहिले घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *