दैलेखमा बस दुर्घटना हुँदा १० को मृत्यु
दैलेख, ३१ जेठ । दैलेखको आठबिस नगरपालिका – ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा बस खस्दा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा अहिले घाईतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
