लण्डनको २४ तले भवनमा आगलागी
काठमाडौ ३१ जेठ। लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो । भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् । बीबीसीका एक सम्बाददाताका अनुसार भवन जलेर ढल्ने खतरा छ । लण्डन फायर ब्रिगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ ।
मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
