चर्चित अभिनेत्री कृतिका चौधरीको अज्ञात समुहद्वारा हत्या
एजेन्सी, ३० जेठ । मोडल तथा अभिनेत्री कृतिका चौधरीको अज्ञात व्यक्तिले हत्या गरेका छन् । परिचय सिरियलबाट अभिनयको यात्रा सुरु गरेकी कृतिकाको तीन चार दिन अघि मुम्बई स्थित उनकै फ्याटमा अज्ञात व्यक्तिले हत्या गरेको भारतीय सञ्चारमाध्यले लेखेका छन् ।
उनको अपार्टमेन्ट मुम्बईको अन्धेरी वेस्ट क्षेत्रमा रहेको छ । उनको हत्यापछि शव सडेको अवस्थामा भेटिएको समाचारमा उल्लेख छ ।
त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन्, आज पौने चार बजे हामीलाई कसैको फोन आयो, यहाँको अपार्टमेन्टमा दुर्गन्ध आइरहेको छ । उक्त सुचना पनि हामी त्यहाँ पुगेर अनुसन्धान गर्दा कृतिको शव सडेगलेको अवस्थामा फेला पर्यो । टाउकोमा चोटको निशाना देखिएका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ तर त्यसको पुष्टी भने हुन नसकेको स्थानीय सुरक्षाकर्मीलाई उदृत गर्दै भारती सञ्चारमाध्यमले लेखेका छन् ।
कृतिकाको शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल पुर्याएको छ ।