मिस एस.इ.इ. स्टार २०१७ को उपाधी एलिजा बुढाथोकीलाई

भक्तपुर न्यूज

२९ जेठ २०७४ ९:१८

मिस एस.इ.इ. स्टार २०१७ को उपाधी एलिजा बुढाथोकीलाई

काठमाडौं २९ जेठ । मिस एस.इ.इ. स्टार २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एस.इ.इ. स्टार २०१७ को उपाधी जित्न सफल भइन् ।
भवानी इन्टरटेन्मेन्टले आयोजनामा सम्पन्न संस्करणमा अनुष्का मानन्धर फष्ट रनरअप, अञ्जली शाह सेकेण्ड रनरअप र आयुष्मा नेपाल थर्ड रनरअप हुन सफल भएका छन् ।
काठमाडौंमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ७ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ उत्रिएका थिए ।
प्रतियोगिता अन्तर्गत बेष्ट स्माईल र बेष्ट हेयर एन्जिला महर्जन, मिस पङ्चुअल कुशुम तिम्सिना, मिस डिसिप्लेन रञ्जना शाही, बेष्ट वाक आयुष्मा नेपाल, मिस पर्सनालिटी अनु कार्की, ब्यूटी विथ ब्रेन रश्मी जिरेल, मिस फोटोजेनिक शिवानी गुरुङ, मिस फ्रेन्डशिप एलिजा बुढाथोकी, पब्लिक च्वाईस अवार्ड अनु कार्की, मिस ट्यालेन्ट अञ्जली शाह, मिस इटेलेक्चुअल जेनिसा रिजाल, मिस बब्ली नाहिन्सा बानिया, मिस कन्फिडेन्ट र बेष्ट ड्रेस अनुष्का मानन्धर र अर्गनाइजरस् च्वाइस दिब्या सिंह ठकुरीले बिभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।
किरात बिन्द्रको संयोजनमा कुल १५ जना प्रतियोगीहरुलाई प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन सगुन पाण्डेले गरेका थिए । भवानी इन्टरटेन्मेन्टका प्रमुख सोनित ढुंगेलले मिस एस.इ.इ. स्टारलाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्नुका साथै सबैको कडा परिश्रम र राम्रो टिमका कारण प्रतियोगिता सफल भएको बताए ।
उनले आगामी दिनमा पनि मिस एस.इ.इ. स्टारलाई अझै भब्य बनाउने बताए । कार्यक्रमका प्रमुख अतिथि डा. सुवास घिमिरेले कला क्षेत्रबाट मानिसले धेरै विषय बुझ्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *