​कंगोको जेलमा भएको आक्रमणमा ११ को मृत्यु, सयौं भागे

भक्तपुर न्यूज

२९ जेठ २०७४ ५:४०

​कंगोको जेलमा भएको आक्रमणमा ११ को मृत्यु, सयौं भागे

एजेन्सी, २९ जेठ । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक जेलमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने सयौं कैदी बन्दी जेलबाट भागेका छन् ।
कंगोको उत्तरी क्षेत्रको किवु प्रान्तको एक जेलमा बन्दुकधारीले आक्रमणगरी कैदीबन्दीलाई भगाएको सरकारी अधिकारीले बताएका छन् । बेनीमा रहेको जेलमा आक्रमणका लागि आक्रमणकारीले ठूला हतियार प्रयोग गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
घटनामा मृत्यु हुने मध्ये कम्तिमा ८ जना जेलको सुरक्षाका लागि खटिएका गार्ड रहेका छन् । आक्रमण कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।
कंगोमा जेल तोडेर कैदीबन्दी भाग्ने घटना बढी हुने गरेका छन् । गएको महिना राजधानी किनशासामा रहेको जेलबाट झण्डै चार हजार कैदीबन्दी भागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *