इटाली र स्पेनको जित

भक्तपुर न्यूज

२९ जेठ २०७४ ५:१२

इटाली र स्पेनको जित

एजेन्सी, २९ जेठ । विश्वकप २०१८ को छनौट अन्तर्गत गएराति भएको खेलमा स्पेन विजयी भएको छ । समूह जी मा रहेको स्पेनले मेसेडोनियालाई २–१ ले हराएको हो ।
अवे मैदानमा भएको खेलमा स्पेनलाई जिताउन डेविड सिल्भा र डिएगो कोस्टाले गोल गरे । मेसेडोनियाका लागि स्टेफान रिस्तोभस्कीले एक गोल पर्काए ।
गएराती सम्पन्न खेलमा इटालीले लिचेस्टाइनलाई ५–० गोलले पराजित गर्यो । इटालीका लागि पहिलो गोल ३५ मिनेटमा नेपोली स्टार लोरेन्जो इन्साग्नेले गरेका थिए । ५२ मिनेटमा आन्द्रेयी बालोटी, ७४ मिनेटमा इडेर, ८२ मिनेटमा फेडेरिको बर्नाडेस्ची र ९१ मिनेटमा गाबियाडिनीले गोल गरेका थिए ।
जितपछि समूहको शीर्ष स्थानमा रहेको स्पेनको ६ खेलबाट १६ तथा दोस्रो स्थानको इटालीको पनि १६ अंक नै भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *