मध्यपुरथिमीका चोक चोकमा सिसी क्यामेरा जडान

भक्तपुर न्यूज

२७ जेठ २०७४ २:५३

मध्यपुरथिमीका चोक चोकमा सिसी क्यामेरा जडान

भक्तपुर, २९ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक/चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा १६ वटा सिसी क्यामरा जडान गरेको हो ।
मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए । सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोक चोकमा र पुरानो बाटोको बाहाखा बजारलगायत सर्वसाधारणको भिडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गर्न थालेको छ ।
सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाटलगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारी चालकलाई नियन्त्रण गर्न टेवा पुग्ने ओलीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *