भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट

भक्तपुर न्यूज

२६ जेठ २०७४ ९:०९

भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट

एजेन्सी, २६ जेठ । भारत र पाकिस्तानका प्रधानमन्त्रीबिच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उनीबिच भेटघाट भएको जनाइएको छ । काश्मिर भूभागका कारण यी दुई देशका बिचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उनीहरुबिच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबिच हिजो साँझ कजाकिस्तानमा भेट भएको थियो र उनीहरुले हात मिलाउदै एक आपसमा अभिवादन गरेको प्राप्त समाचारमा जनाइएको छ । कजाकिस्तानमा जारी सांघाईकोअपरेशन फोरममा सहभागिता भएपछि उनीहरुको भेटघाट भएको हो ।
उनीहरुको यसअघि सन् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *