दैलेखमा मुटुरोगको निशुल्क शिविर सुरु
दैलेख, २६ जेठ । दैलेखी सेवा समाज काठमाडौको आयोजनामा निशुल्क मुटु रोग विशेषज्ञ स्वास्थ्य परिक्षण शिविर आजबाट संचालन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेख गरिएको निशुल्क शिविरमा जिल्लाका आम नागरिकहरुलाई सेवा लिन दैलेखी सेवा समाज काठमाले आग्रह समेत गरेको छ ।
आज २६ गते बिहान ९ बजेदेखि शिविर संचालन हुने र २७ गते सम्म निशुल्क सुविधा प्रदान गरिने दैलेखी सेवा समाजका महासचिव मोहन कुमार शाहीले जानकारी दिएका छन् । शिविर संचालनका लागि काठमा कर्मथलो बनाउने विभिन्न महानुभावहरुले सहयोग प्रदान गरेको र जिल्लाका स्थानीय निकाय र अन्य व्यक्तिहरुबाट समेत सहयोग प्रदान भएको अध्यक्ष प्रताप शाहीले बताए ।
निशुल्क शिविरमा मुटु रोग सम्बन्धी विरामीहरुलाई बरिष्ठ विशेषज्ञ डाक्टरहरु द्धारा जाँच गराइने भएको छ । निशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै निशुल्क औषधी वितरण समेत गरिने छ । शिविरमा लागि बिशेषज्ञ डाक्टरहरु डा। अनिल भट्टराई, डा। रविन खड्का लगाएतका मुटु रोग तथा अन्य सामान्य रोगहरुको पनि निशुल्क चेकजाँच गरिने भएको हो ।