भक्तपुरमा ११ महिनामा २८७ सडक दुर्घटना

भक्तपुर न्यूज

२६ जेठ २०७४ २:५८

भक्तपुरमा ११ महिनामा २८७ सडक दुर्घटना

भक्तपुर २६ जेठ । भक्तपुर जिल्लामा यो आर्थिक बर्षको अहिलेसम्म २ सय ८७ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परेका केहीको ज्यान नै गएको छ भने केही घाईते भएका छन् । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका अनुसार साउन यता साउनमा २९, भदौमा ३३, असोजमा २५, कार्तिकमा ३२ मंसिरमा ३२, पुसमा २६ वटा सडक दुर्घटना भएका छन् ।

यसैगरी माघमा ३१, फागुनमा २५, चैत्रमा २०, बैशाखमा १७ र जेठको अहिलेसम्म १७ वटा सडक दुर्घटना भएको ट्राफिक कार्यालय भक्तपुरले जानकारी दिएको छ । अधिकांश सडक दुर्घटना छ लेन सडक र आसपासमा भएको छ ।

चालकको लापरवाही, अनियन्त्रीत गति, मापसे सेवनका लगायतका कारणले दुर्घटना बढ्ने गरेको छ । दुर्घटना न्यूनिकरणका लागि ट्राफिकले पछिल्लो समय भक्तपुरमा प्राय चौक र सडकमा सुरक्षा व्यवस्था कडाई गर्नुका साथै विविध चेतनामुलक कार्यक्रम पनि गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *