भक्तपुरमा स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाईते

भक्तपुर न्यूज

२५ जेठ २०७४ १२:४५

भक्तपुरमा स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाईते

भक्तपुर २५ जेठ । भक्तपुरको सानोठिमीमा रहेको नालङ विद्या मन्दिरको स्कूल बस दुर्घटना हुँदा २९ जना विद्यार्थी घाइते भएका छन् । बा १ ख ८३५९ नम्बरको बस चोभारमा विद्यार्थीलाई स्वीमिङ गराएर फर्कदै गरेको दुर्घटनामा परेको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएका विद्यार्थीको स्थानीय नागरिक अस्पतालमा उपचार भैरहेको छ । घाईते सबैको अबस्थामा सामान्य भएको अस्पतालले जानकारी दिएको प्रहरीले बताएको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *