दुर्घटनामा दाईको मृत्यु भाई घाइते
भक्तपुर, २५ जेठ । आज (बिहीबार) बिहान भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमी –३ गठ्ठाघर नजिकै ट्रिपरको ठक्करबाट चाँगुनारायण नगरपालीका– २ का २५ वर्षीय निरज मल्ल ठकुरीको मृत्यु भएको हो । काठमाडौंबाट भक्तपुर आउदैं गरेको बा ४ ख ८१८० ट्रिपरले बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।
मोटरसाइकलमा सवार ठकुरी घाइते भए । उनलाई उपचारको लागि बि एण्ड बि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ । घटनामा मोटरसाइकलमा सवार उनका भाई २२ वर्षीय अजय मल्ल ठकुरी घाइते भएका छन् ।
ट्रिपर चालक सिन्धुपाल्चोक स्थायी घर भए हाल काठमाडौं चावहिल बस्ने गोविन्द गिरी रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक गिरीलाई प्रहरीले नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडी बढाएको महानगरीय प्रहरी परिसर भक्तपरका डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।