माइक्रोबसको ठक्करबाट पैदलयात्रु परियारको मृत्यु
धादिङ, २३ जेठ । धादिङको पृथ्वीराजमार्ग अन्तरगत थाक्रे गाउँपालिका–२ सिम्लेमा आज माइक्रोबसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । यस्तै ६ जना घाइते भएका छन् । धादिङ्गको सिम्लेमा यात्रुबाहक माईक्रोबसले ठक्कर दिँदा थाक्रे गाउँपालिका–२ सिम्ले बस्ने बन्दना परियारको घट्नास्थलमै मृत्यु भएको छ ।
भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ज २६७४ नम्बरको माइक्रोबसले सडक पेटीमा हिँडेका थाक्रे गाउँपालिका–२ की ३० वर्षकी बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय बासिन्दाले उद्धार गरि काठमाडौंको वीरअस्पाल स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।
घटनापछि स्थानीय बासिन्दाले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरि पैदलयात्रुलाई ठक्कर दिने माइक्रो बस आगजनी गरिदिएका छन् । दुर्घटना चालकको लापर्वाहीले भएकोले स्थानीय बासिन्दाले सडक अबरुद्ध गर्दै निस्पक्ष छानविनपछि कारबाहीको माग गरेका छन् ।