५ लाख घुससहित बाँके मातपोतका २ कर्मचारी पक्राउ

भक्तपुर न्यूज

२३ जेठ २०७४ ६:३६

५ लाख घुससहित बाँके मातपोतका २ कर्मचारी पक्राउ

नेपालगन्ज २३ जेठ । जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुई कर्मचारीलाई ४ लाख ९८ हजार घुसको रकम सहित अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलिले सोमबार राती साढे ९ बजे नेपालगन्जको एक रेष्टुरेन्टमा सेवाग्राहीसँग ४ लाख ९८ हजार घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियार सम्पर्क कार्यालय कोहलपुरका सुचना अधिकारी निराजन शर्माका अनुसार घुस लिदालिदै पक्राउ पर्नेमा मालपोत  कार्यालयका खरिदार नर बहादुर सारुमगर र लेखापढी व्यवसायी सर्जु थापा रहेका छन् । काँरकाँदो स्थित जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकेर मागेको घुसको रकम बुझ्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।  दुवै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *