बसले ठक्कर दिँदा एक युवतीको मृत्यु
काठमाडौं, २२ जेठ । बसुन्धारामा आज बसले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा आज बिहान सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना ४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ ।
प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
