गृहमन्त्री अचानक ओली निवास बालकोटमा
भक्तपुर जेठ २२, । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि एमाले अध्यक्ष केपी ओलीलाई भेटन बालकोट आएका छन् । काँग्रेस नेतृत्वको सरकार गठनमा राजनीति सहमति जुटाउने जिम्मा पाएका निधि एमालेका अध्यक्ष ओलीलाई भेटन यहाँ आएका हुन् । उनीहरुबीच अहिले भेट वार्ता भएको छ ।
एमालले संसद अवरोध गरेपछि हिजो प्रधानमन्त्री चयनको कार्यसूचि दुई पछाडि सारिएको छ । ओलीको प्रस्ताव अनुसार कार्यसूचि भोलिसम्मका लागि स्थगित गएको काँग्रेस सभापति शेरबहादुर देउवाले बताएका थिए । एमालले भरतपुर महानगरपालिकाको वडा नम्वर १९ मा पुनमतदान गराउने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
