काठमाडौंमा दिउँसै ३२ लाख लुट्ने ५ अभियुक्त पक्राउ
काठमाडौं, २१ जेठ । काठमाडौंमा दिउँसै ३२ लाख रुपैयाँ लुट्ने लुटेराको समूहका केही मान्छेलाई प्रहरीले पक्राउ गरेको छ । गएको शुक्रबार म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने समूहका ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तारा बोहोरा, सरोज श्रेष्ठ, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापा छन् । अन्य चार जना भने फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले जानकारी दिए । लुटेराको साथबाट प्रहरीले दुई लाख रुपैयाँ बरामद गरेको छ ।
लुटेराले शुक्रबार दिउँसो महाराजगन्जस्थित एनएमवी बैंकबाट ३२ लाख रुपैयाँ लिएर हिडेका जग्गा कारोवारी रोशन वोगटीको साथबाट मध्य दिउँसो ३२ लाख लुटिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४