आज प्रधानमन्त्री निर्वाचन, एमालेको अवरोध कायमै
काठमाडौं २१ जेठ। व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्रीको निर्वाचन आजका लागि तय गरेको छ । तर, दोस्रो ठूलो नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसदमा अवरोध जारी राख्ने निर्णय गरेको छ ।
यस्तो अवस्थामा आइतबारका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा छ । संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ । बैठकको विषयमा सभामुख आफैंले निर्णय लिन सक्नेछिन् ।
संसद्का कानूनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए । विपक्षीहरुको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाउन पनि सक्छिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४