प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भोलि, निर्वाचन आइतबार
काठमाडौं, १९ जेठ । विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् ।
लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
