प्रियंका र दीपिका परे विश्वका हट महिलाको सूचीमा

भक्तपुर न्यूज

१९ जेठ २०७४ ९:५३

प्रियंका र दीपिका परे विश्वका हट महिलाको सूचीमा

एजेन्सी, १९ जेठ । बलिउड नायिकाद्वय दीपिका पादुुकोण र प्रियंका चोपडा विश्वकै सर्वाधिक हट महिलाहरूको सूचीमा परेका छन् । इन्डियाको म्याक्सिम म्याग्जिनले सार्वजनिक गरेको विश्वका सर्वाधिक हट महिलाको पहिलो स्थानमा भने सुपर मोडल हेली बोल्डविन परेकी छिन् ।
उक्त सर्वेक्षणमा विश्वका १०० जना महिलाहरुलाई समावेश गरिएको थियो । सन् २०१७ का १०० महिलाहरुका केन्द्रित भएर गरिएको उक्त सर्वेक्षणमा एमा वाट्सन, एमा स्टोन, केन्टर जेनर लगायतका विश्व हस्तीहरूको नाम समेत समावेश गरिएको थियो ।
ट्रिपल एक्स चलचित्रको अभिनय पश्चात् हलिउड फिल्मी क्षेत्रमा आफ्नो पहिचान बनाएकी दीपिकालाई हलिउड क्षेत्रमा पनि दर्शकले धेरै नै रुचाएका छन् । उनी यस अघि फोक्सले सार्वजनिक गरेको विश्वका धनी महिलाहरूको सूचीमा समेत परेकी थिइन् ।
प्रियंका चोपडाले भने हलिउड टेलिश्रृंङखला क्वान्टिको अभिनय पश्चात् हलिउडमा आफ्नो पहिचान बनाएकी हुन् ।

नागरिकन्युजबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *