रफत संचार क्लव कालिकोटको अध्यक्षमा–न्यौपाने
कालिकोट, १९ जेठ । प्रदेश नंम्बर ६ को कालिकोट जिल्लामा रफत संचार क्लवको शाखा विस्तार गरिएको छ । गोरखापत्रकर्मी बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो.।
सदरमुकाम मान्म बजारमा जिल्लास्थित सक्रिय सञ्चारकर्मीको सहभािगतामा भएको भेलाले उक्त समिति सर्वसम्मत् गठन गरेको हो । क्लवको उपाध्यक्षमा रेडियो चंखेली एफएमका समाचार प्रमुख बिश्वनाथ पसम्खाडा, सचिवमा रेडियो मालिका एफएमका कार्यक्रम प्रस्तोता रमेश बोगटी, सह सचिवमा रेडियो नेपाली आवाजका कार्यक्रम प्रस्तोता कर्ण कुमाल, कोषध्यक्षमा रेडियो नयाँ कर्णाली एफएमका कार्यक्रम प्रस्तोता रोजिना रावल चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा रेडियो चंखेली एफएमका लक्ष्मी तिमिल्सेना, रमेश सुनार, रेडियो मालिका एफएमका पुष्पराज भट्टराई, साधना शाही चयन भएका छन् ।
बरिष्ठ पत्रकार रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर भरतराज बिष्ट, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, रिर्पोटस क्लव नेपालका अध्यक्ष लंकराज धमाला, रेडियो चंखेली एफएमका स्टेशन म्यानेजर दिलिपकुमार शाही लगायतका पत्रकारहरुको सहभागीता रहेको भेलामा जिल्लामा संचार अभियानलाई थप प्रभावकारी बनाउन र स्थानीय स्तरका बिषयबस्तुलाई समेटदै सरोकारवालासँग अन्तसंवाद गर्दैै समस्याको समाधानतर्फ अग्रसर रहने गरी रफत संचार क्लव कालिकोट शाखाले बिभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।