भरतपुरमा मतपत्र च्यात्ने अदालतबाट धरौटीमा रिहा
चितवन, १८ जेठ । भरतपुर महानगरपालिकाको मतगणना भइरहेको स्थानमा गएर गत आइतबार मध्यरातमा मतपत्र च्यातेको आरोप प्रहरीले पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीलाई अदालतले धरौटीमा रिहा गरेको छ ।
चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलाशले निर्वाचन कसुर ऐन –२०७३ को दफा १६ उप दफा २ बमोजिम १–१ लाख धरौटी लिएर निज आरोपीलाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालतका निमित्त श्रेस्तेदार धनिप्रसाद चापागाईंले जानकारी दिएका छन् ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बखत मतगणनास्थलमा प्रवेश गरी माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको छ । उक्त घटनापछि एमाले र माओवादीबीच मतगणना सुचारु गर्ने कि पुनस् मतदान गर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
