चाँगुनारायण नगरपालिकाका पदाधिकारीद्वारा सपथ
भक्तपुर १८ जेठ । चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाका पदाधिकारीहरुले आज सपथ खाएका छन् । एक कार्यक्रममार्फत चाँगुनारायण नगरपालिकाका निर्वाचन अधिकृत रिन्जा डंगोलले नवनिर्वाचित मेयर सोम प्रसाद मिश्र, उपमेयर बिना बास्तोला र ९ वडा अध्यक्षहरुलाई सपथ खुवाएकी हुन् ।
त्यस्तै, प्रमुख मिश्रले वडाका महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यहरुलाई सपथ खुवाउनु भयो । सोही अवसरमा निर्वाचन अधिकृत डंगोलले विजयी सम्पूर्णलाई विजयी प्रमाण पत्र वितरण गरिन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट प्रमुख मिश्र र उपप्रमुख बास्तोला लगायत ४ वटा वडामा एमालेले जीत हासिल गरेको थियो । यहाँका ४ वडामा नेपाली काँग्रेस र १ वडामा नेमकिपाले जीतेको हो ।
उनीँहरुले आजैबाट पदभार ग्रहण गर्नुका साथै नगरको विकास र समृद्धिको जिम्मेवारी लिएका छन् । पदभार ग्रहणपछि बसेको नगरपालिकाको बोर्ड वैठकले नगरभित्रका प्रमाणित भूकम्प पिडितहरुको निःशुल्क घरको नक्सा पास गरिदिने निर्णय गरेको छ ।