वीरेन्द्रनगरमा तत्काल दमकलको व्यवस्था होस् : नगरबासी

भक्तपुर न्यूज

१८ जेठ २०७४ ४:४९

वीरेन्द्रनगरमा तत्काल दमकलको व्यवस्था होस् : नगरबासी

सुर्खेत १८ जेठ । प्रदेश नंम्बर ६ को प्रस्तावित राजधानी सुर्खेत यतिबेलापनि अभावै अभावमा ग्रसित भैरहेको छ । यहाँ आगजनी हुँदा समयमै आगो नियन्त्रणका लागि नत दमकल नै छ नत क्षेत्रीय अस्पताल भएरैपनि सुर्खेतमा गुणस्तरी स्वास्थ्य सेवा प्रवाह नै हुन्छ । यहाँका राजनीतिक दलहरुले स्थानीय होस् या संसदीय निर्वाचनमा सुन्दर शान्त र सुविधा सम्पन्न सुर्खेतको झुटो सपना बाँड्दै आईरहेका छन् ।

प्रदेश नंम्बर ६ कै पुरानो र ठूलो नगरपालिका जो उपमहानगरपालिकाको सूचिमा आफुलाई प्रस्तावित गर्दै छ । वीरेन्द्रनगर नगरपालिका स्रोत साधनका हिसाबले पनि उत्तिकै शक्तिशाली छ तर यस नगरपालिकामा एउटा दकमल समेत नहुनु यो आम सुर्खेतबासीको प्रतिष्ठासँग जोडिएको बिषय बसतु हो ।

भर्खरै नगरपालिका घोषणा भएको भेरीगंगाा नगरपालिकामा दमकल छ तर सदरमुकामको वीरेन्द्रनगर नगरपालिका बषौंदेखि दमकल अभावमा रहेको छ । यसले यहाँ बर्षेनी समस्या निम्त्याएको छ । केही घण्टा अघि मात्रै वीरेन्द्रनगरको एक घरमा आगजनी भयो । उक्त आगजनी नियन्त्रणका लागि दमकलको अभाव रहँदा स्थानीइबासी , प्रहरी, नेपाली सेनाले बुलबुलेबाट पानी बोकेर आगो नियन्त्रण गर्ने प्रयास गर्नु प¥यो । तत्काल आगो नियन्त्रण भएको भए नोक्सानीमा पनि कमी आउने थियो तर सरकारी उदासिनता र बुलबुलेको पानी ओसारायीले उक्त घरमा लागेको आगोकै कारण घरधनी घरवारविहीन हुन पुगे तर नगरपालिका उदासिनै रहिर¥यो ।

सुर्खेतको वीरेन्द्रनगरमा बर्षेनी गर्मीसँगै हुने आगजनी नियन्त्रणका लागि दमकल अति नै आबश्यक छ यो कुरा विगतमा पनि नउठेको होईन तर नगरपालिकाका कर्मचारी र यहाँका राजनीतिक दलको उदासिनताले अहिलेपनि वीरेन्द्रनगर दमकल बिहीन अबस्थामा रहेको छ । भर्खरै मात्रै नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट देवकुमार सुवेदी मेयर र एमालका तर्फबाट मोहनमाया ढकाल उपमेयरमा निर्वाचित भएका छन् ।

यो जनप्रतिनिधीको नेतृत्वले तत्काल वीरेन्द्रनगरमा दमकलको व्यवस्था गर्न जरुरी देखिएको छ भने क्षेत्रीय अस्प्ताल नाम मात्रैको होईन सुविधासहितको बनाउन पनि पहल कदमीको खाँचो देखिएको छ । यसतर्फ जनप्रतिनिधीहरुको तत्काल ध्यान जानुपर्ने वीरेन्द्रनगरबासीको भनाई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *