कर्णालीमा निर्वाचन सम्पन्न
झापा, १८ जेठ । मुलुक निर्वाचनमय भइरहेको वर्तमान परिस्थितिमा झापाको बुद्धशान्ति स्थित कर्णाली एजुकेशन फाउन्डेसनले भने आन्तरिक निर्वाचन सम्पन्न गरेको छ । नानीहरूलाई व्यावहारिक शिक्षा दिनमा एक कदम अगाडि रहेको यस फाउन्डेसनले स्थानीय चुनावले देश तातेको बेला नानीहरूलाई क्याप्टेन छान्ने चुनावमा तताएको हो ।
उम्मेद्वारी दर्ता, विवरण प्रकाशन, मत माग्ने समय लगायत सबै खाले चुनावी प्रक्रिया पुरा गरी सम्पन्न गरिएको निर्वाचन यही जेठ १ गते आयोजना गरिएको हो । कक्षा ८ देखि १० सम्मका कूल ३ सय ५ जना मतदाताले मतदान गरेको निर्वाचनका लागि ५ जना उम्मेद्वारले आफूलाई मैदानमा उतारेका थिए । ४ मत बदर भएको थियो भने कक्षा १० का मोहन कृष्ण अधिकारीले अत्यधिक १ सय ३६ मत प्राप्त
गरेका थिए । त्यसै गरी कक्षा १० की भावना ढुङ्गेलले ९३ मत पाइन् ।
कक्षा १० कै प्रजिन अधिकारीले कूल ३१ मत पाए भने जस्मिन बरालले २४ मत प्राप्त गरिन् । यता कक्षा आठबाट प्रत्याशी बनेका विराज सुवेदीले भने कूल १७ मत मात्र पप्त गरे । सहायक प्राचार्य सोमनाथ भट्टराई निर्वाचन प्रमुख रहेको निर्वाचन कार्यक्रममा शिक्षक अनिल आचार्य मतदान अधिकृत रहनुभएको थियो । निर्वाचनपछि उम्मेद्वारका प्रतिनिधि सहित शिक्षक पर्यवेक्षकको रोहबरमा मत
गणना गरिएको थियो ।