एमालेद्वारा संसद अवरुद्ध
काठमाडौं, १७ जेठ । प्रमुख विपक्षी नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।
संसदको आजको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले भरतपुरमा मतगणना नहुने हो भने देशभर चुनाव नहुने बताए । पाण्डेले बोलेपछि एमालेका सांसदहरु आफ्नो सिटबाट उठेका थिए । सभामुख ओनसरी घर्तीले पटकपटक बस्न अनुरोध गर्दा पनि एमालेका सांसद मानेनन् ।
एमालेको अबरोधपछि सभामुख घर्तीले भोलि दिनको १ बजेसम्मलाई बैठक स्थगित भएको जानकारी गराइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
