भक्तपुरका ४ नगरपालिकामा साढे १ अर्ब बजेट विनियोजन

भक्तपुर न्यूज

१७ जेठ २०७४ २:५३

भक्तपुरका ४ नगरपालिकामा साढे १ अर्ब बजेट विनियोजन

भक्तपुर १७ जेठ । सरकारले केही दिनअघि सार्वजनिक गरेको आर्थिक बर्ष २०७४, ०७५ को बजेटमा भक्तपुरका चारवटै नगरपालिकामा पनि बजेट विनियोजन गरिएको छ । सरकारी रातो किताबमा उल्लेख भएअनुसार भक्तपुरको भक्तपुर नगरपालिकाका लागि ३७ करोड ६६ लाख ९० हजार, सूर्यविनायक नगरपालिकाका लागि ३९ करोड ६१ लाख ७८ हजार बजेट विनियोजन भएको छ ।

यसैगरी भक्तपुरकै चाँगुनारायण नगरपालिकाका लागि सरकारले ३९ करोड ७४ लाख ९६ हजार र मध्यपुरठिमी नगरपालिकाका लागि ३१ करोड ६० लाख १५ हजार बराबरको बजेट विनियोजन गरेको उक्त बजेटमा उल्लेख गरिएको छ । सरकारले यतिको बजेट भक्तपुरका लागि विनियोजन गरेपनि यहाँको समग्र विकास निर्माण र नगरपालिकालाई तोकिएको जिम्मेवारीलाई निहाल्दा यो बजेट एकदमै कम भएको भत्तःपुरका जनप्रतिनिधीहरुले बताएका छन् ।

सरकारले नगरपालिकालाई कामको जिम्मेवारी ४० प्रतिशत दिएपनि बजेट १७ प्रतिशतका लागि मात्रै विनियोजन गरेको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्रले बताएका छन् । उनले सरकारले यो बजेटमा तत्काल हेरफेर गर्न जरुरी रहेको औल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *