सिटीईभिटीमा वाग्लेले गरे पदभार ग्रहण

भक्तपुर न्यूज

१६ जेठ २०७४ ९:५०

सिटीईभिटीमा वाग्लेले गरे पदभार ग्रहण

भक्तपुर, १६ जेठ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा नव नियुक्त सदस्य सचिव परशुरमण वाग्लेले आज पदभार ग्रहण गर्नु भएको छ ।
भक्तपुरको सानोथिमिस्थित परिषद्को कार्यालयमा पुगेका वाग्लेलाई कर्मचारीहरुले स्वागत गरे पश्चात आफ्नो कार्यालयमा गई हाजिर गरि पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै वाग्लेले बिगतमा आफ्नो कार्यालयमा भएका अनियमितता र कर्मचारीहरुको चरम लापरवाहिलाई नियन्त्रण गर्ने नै आफ्नो प्रमुख काम रहेको बताउनु भयो । उहाँले प्राबिधिक शिक्षा परिषदबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनेमा आफ्नो ध्यान केन्द्रित पार्दै सेवा र सुबिधालाई चुस्त दुरुस्त पार्ने बताउनु भयो ।
आफूलाई दिएको अधिकार पूर्ण रुपमा इमान्दार भएका काम गर्ने जनाउँदै प्राबिधिक शिक्षा परिषदबाट प्रदान गरिने सेवामा कुनै समस्या देखिए तत्कालै आफूलाई जानकारी भएमा त्यसको सम्बोधनमा आफू लागि पर्ने उहाँले बताउनु भयो । उहाँले कर्मचारीहरुलाई आफूलाई दिएको जिम्मेवारी बहन निष्ठा पूर्वक पालना गर्न समेत निर्देशन दिनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *